काठमाडौं, २९ वैशाख । जनता समाजवादी पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धनमा सहभागी हुने या नहुने विषयले विवाद बढाएको छ । अध्यक्ष उपेन्द्र यादव गठबन्धनको पक्षमा छन् । अर्का अध्यक्ष महन्थ ठाकुर समिकरणको विपक्षमा छन् ।
ठाकुर र यादवबीच ओलीविरोधी गठबन्धनको विषयले विवाद चुलिएको छ । उनीहरुसँग निकट रहेका सांसदहरु पनि विभाजित अवस्थामा रहेका छन् ।
ठाकुर र यादव समूहबीच १६-१६ जना सांसद छन् । कुल ३२ सांसद संख्या रहेको जसपामा दुई समूहबीच बराबर संख्या हुँदा सत्ता राजनीतिलाई समेत प्रभावित बनाएको छ ।
माधवकुमार नेपाल समूहका २० प्रत्यक्ष निर्वाचित सांसदलाई राजीनामा गर्न लगाएर ओलीविरोधी गठबन्धनले सरकार बनाउने सुनिश्चितताको बाटो निर्माण गर्न खोजेको छ । त्यस अवस्थामा उपेन्द्र यादव समूहले हाल रहेका सांसद संख्या बचाएर राख्न सक्नुपर्छ । अन्यथा रणनीति विफल हुनसक्छ ।
अहिले जसपाभित्र सांसद तानातानको अवस्था छ । महन्थ ठाकुर समूहले उपेन्द्र यादव समूहको कम्तिमा ३ सांसद आफ्नो पक्षमा पार्न खोजेको छ । तर, ती सांसदहरुसँग सम्पर्क गर्न ठाकुर समूहले सकिरहेको छैन । ३ सांसद आफ्नो पक्षमा तान्न सके महन्थ ठाकुरको साथमा १९ सांसद हुन्छन् । उपेन्द्र यादवको साथमा १३ मात्र सांसद पुग्छन् । यो संख्या ओलीविरोधी गठबन्धनलाई बहुमत पुर्याउनका लागि पर्याप्त हुँदैन ।
संविधानको धारा ७६ को २ बमोजिमको दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बनाउने राष्ट्रपति विद्यादेवी भण्डारीको आव्हानको समय ३० वैशाखको साँझ ९ बजेसम्मलाई छ । उक्त अवधिसम्म उपेन्द्र यादवलाई १३ भन्दा बढी सांसद पुग्न नदिन ओली समूहको साथमा महन्थ ठाकुर समूह सक्रिय छ । तर, यादव समूहले अहिलेसम्म १६ सांसदलाई पक्षमै पार्न सकिरहेको छ । उनीहरुको साथबाट ३ सांसद खोस्ने प्रयास भइरहेको छ ।
उपेन्द्र यादव पक्षधर
उपेन्द्र यादव
बाबुराम भट्टराई
राजेन्द्रप्रसाद श्रेष्ठ
महेन्द्र राय यादव
मोहम्मद इस्तियाक राइ
डा.सुरेन्द्रकुमार यादव
डा.सुर्यनारायण यादव
इकवाल मिया
लीला देवी सिटौला
प्रदीप यादव
रामबाबु कुमार यादव
रेणु कुमारी यादव
रेनुका गुरुङ्ग
राम सहाय यादव
रुही नाझ
कालु देवी विश्वकर्मा
महन्थ ठाकुर पक्षधर
महन्थ ठाकुर
राजेन्द्र महतो
शरतसिंह भण्डारी
विमल प्रसाद श्रीवास्तव
अनिलकुमार झा
अमृता अग्रहरी
चन्दा चौधरी
चन्द्रकान्त चौधरी
उमाशंकर अरगरिया
दुलारी देवी खंगा
नरमाया ढकाल
निर्जला राउत
राजकिशोर यादव
रानी मण्डल
लक्ष्मणलाल कर्ण
प्रमोद साह