Logo

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक सुरु, ओली-नेपाल वार्ताको तयारी



काठमाडौं, ३० बैशाख । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ। बालुवाटारमा सुरु भएको बैठकमा माधव कुमार नेपाल पक्षले अघि सारेका माग सम्बोधनबारे छलफल गरिने एक नेताले जानकारी दिए । नेपाल पक्षले सांसदबाट आजै सामूहिक राजीनामा दिने तयारी गरेको छ ।

संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसिमा आज सकिँदैछ । यही सन्दर्भमा नेपाल पक्षलाई राजीनामा दिनबाट रोक्नको लागि एमालेले बैठक बोलाएको हो । यसअघि नेपालसँग अर्थमन्त्रीसमेत रहेका नेता विष्णु पौडेलले उनकै निवास पुगेर भेटेका थिए ।

बैशाख २७ गतेको संसद बैठक बहिष्कार गरेको नेपाल पक्षलाई कारबाही गर्ने कि नगर्ने भन्नेबारे ओली खेमामा पनि दुई मत छ । कतिपयले कारबाही गर्नुपर्ने सुझाव दिएका छन् भने कतिपयले उनीहरुलाई सांसदबाट पदमुक्त गर्दा पार्टीलाई नै घाटा लाग्ने सुझाव दिएका छन् । स्थायी कमिटी बैठकले नेता नेपाल पक्षको माग सम्बोधन गर्ने सम्पूर्ण जिम्मा अध्यक्ष ओलीलाई दिने बुझिएको छ । लगत्तै, ओलीले नेता नेपालसँग वान टु वान वार्ता गर्ने तयारी गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्