काठमाडौं, ३० वैशाख । नेकपा एमालेका माधव नेपाल समूहका प्रत्यक्ष निर्वाचित २० सांसदलाई राजीनामाबाट रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निर्देशनमा उनका विश्वासपात्रहरु सक्रिय भएका छन् । नेपालसँग सहमति निकाल्न एकाथरी नेताहरु खटिएका छन् । अर्काथरी नेताहरु नेपाल समूहका सांसदहरुलाई आफ्नो पक्षमा रोकन सक्रिय छन् ।
राजीनामाको विकल्पको पक्षमा रहँदै आएका सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, जयकुमार राई, नारायणप्रसाद खतिवडा, भवानीप्रसाद खापुङ, पवित्रा निरौला खरेल, नारायणप्रसाद खतिवडासहितका ८ सांसदसँग ओली पक्षले सम्पर्क गरिरहेको बुझिएको छ । उनीहरुलाई राजीनामबाट रोक्ने प्रयास चलिरहेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।
ओली पक्षले कम्तिमा ५ जना सांसदलाई राजीनामाबाट रोक्ने रणनीति बमोजिम सक्रियता बढाएको हो । जयकुमार राई र भवानीप्रसाद खापुङलाई रोक्न सकिने निष्कर्षका साथ बालुवाटार अगाडि बढेको बुझिएको छ । तर, अन्य नेताहरुलाई रोक्ने सम्भावना कमजोर छ ।
विभाजन हुँदै एमाले, प्रत्यक्ष निर्वाचित सांसद को कता (नामावलीसहित)
माधव नेपाल पक्षधर २० सांसदमध्ये ३ देखि ५ सम्मलाई रोक्न सकेमात्र पनि जसपाबाट उपेन्द्र यादव पक्षधर सांसदको संख्याले बहुमत नपुग्ने बुझाईका साथ ओलीका विश्वासपात्रहरु सक्रिय भएका हुन् ।