काठमाडौं, ३० बैशाख । सानिमा जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा स्थगित भएको छ । संस्थाले जेठ ११ गते अम्रपाली ब्याङ्क्वेट, काठमाडौंमा बोलाएको सभा अर्को सुचना नआएसम्मको लागि स्थगित गरेको जनाएको छ ।
संस्थाले सभा प्रयोजनार्थ बैशाख २९ गतेदेखि बुक क्लोज गर्ने तय भएकोे मिति भने यथावत रहेको जनाएको छ । बैशाख २८ गतेसम्ममा कायम भएका शेयरधनीहरुले मात्र सभामा सहभागी हुन सक्नेछन् ।