Logo

इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच आज सम्झौता हुँदै



काठमाडौं, ३० बैशाख । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच आज सम्झौता हुने भएको छ । दुबै बैंकको बराबर हैसियतमा मर्जर सम्बन्धि सम्झौता हुने भएको जनाइएको छ ।
यस भन्दा अगाडी नै मर्जरपछि बैंकको नाम हिमालयन इन्भेष्टमेन्ट बैंक रहने दुई बैंकबीच सहमती भैसकेको छ ।

अब बैंकको अध्यक्ष इन्भेष्टमेन्ट बैंकका पृथ्वी पाण्डे हुनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणा हुने सम्झौता भएको छ । मर्जरपछिको बैंकको सिइओ इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे हुने भएका छन् । यी दूई ठुला बैंक गाभिएपछि यो बैंक सम्पुर्ण सुचकमा ठुलो हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्