काठमाडौं, ३० बैशाख । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत बोनश शेयर शेयरधनीहरुको खातामा जम्मा गरेको छ । गत फागुन १३ गते भएको साधारण सभाबाट पारित गरेको उक्त बोनश शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको कम्पनीले जनाएको छ ।
माघ २९ गतेसम्म कायम शेयरधनीहरुको खातामा बैशाख २७ गते बोनश शेयर जम्मा गरेको हो । आवश्यक जानकारीका लागि संस्थाले शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा सम्पर्क गर्न आग्रह गरेको छ ।