Logo

राजेन्द्र महतोसँगै महन्थ ठाकुर पनि पुगे देउवा निवास, छलफल जारी



काठमाडौं, ३० बैशाख । जसपाका अध्यक्ष महन्थ ठाकुर पनि कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न बुढानिलकण्ठ पुगेका छन् । यसअघि जसपाका शीर्ष नेता राजेन्द्र महतो देउवा निवास पुगेका थिए । वैकल्पिक सरकार निर्माणको अन्तिम गृहकार्यमा जुटेका कांग्रेस सभापति देउवाले जसपाको सिंगो साथ खोजेका छन् ।

राष्टपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को २ अनुसार बहुमतको सरकार गठनको लागि आज राति ९ बजेसम्मको समय दिएकी छिन् । त्यो भन्दा अघि नै बहुमत जुटाउने अन्तिम कसरतमा देउवा जुटेका छन् । जसपामा अध्यक्ष उपेन्द्र यादवले देउवालाई सघाउने भनेका छन् । तर, ठाकुर पक्षले वैकल्पिक सरकार गठनमा सहभागी नहुने जनाईसकेको छ ।

यही सन्दर्भमा निर्णायक छलफल गर्न ठाकुर र महतो देउवानिवास पुगेको बताईएको छ । स्रोतकाअनुसार ठाकुर महतो पक्षले १९ जना सांसदहरुको हस्ताक्षरसहित आफूहरु नै पार्टीको आधिकारिक र बहुमत आफूहरुसँग रहेको भनेर हस्ताक्षर बुझाएको नेताहरुले दाबी गरेका छन् । अहिले देउवा, ठाकुर र महतोबीच सत्ता सहकार्यको लागि छलफल जारी छ । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्