Logo

ओली-नेपाल निर्णायक भेटवार्ता हुँदै



काठमाडौं, ३० वैशाख । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई भेटवार्ताको प्रस्ताव गरेका छन् । ओलीले टेलिफोनमार्फत् भेटको प्रस्ताव गरेका हुन् । नेपालले आन्तरिक छलफल गरेर भेट्नेबारे टुंगो दिने जवाफ दिएको बुझिएको छ ।

एमाले स्थायी कमिटी बैठक डाकेर माधव नेपालसहित ४ नेतामाथिको कारबाही फुकुवा गरेलगत्तै ओलीले नेपाललाई टेलिफोन गरेका हुन् । उनले सहमति निर्माण गर्नेबारे टुंगो लगाउन भेटको आग्रह गरेको बुझिएको छ ।

नेपालले निकटस्थसँग अहिले छलफल गरिरहेका छन् । उनलाई विश्वासपात्रहरुले निर्णायक वार्ताको सुझाव दिएका छन् ।

सम्भवत नेपालले एमाले विभाजन रोक्न अन्तिम प्रयासस्वरुप भेटवार्ता गर्न सक्ने बुझिएको छ । उनले बटमलाइन २ जेठ २०७५ मा फर्कनुपर्नेबाट टसमस नहुने रणनीति बनाएका छन् । आजको भेट निर्णायक हुने र यसबाट एमाले विभाजन हुने या नहुने टुंगो लाग्नेछ ।

एमालेका २० सांसदले राजीनामा दिएर ओलीविरोधी बहुमतको सरकार निर्माणको गठबन्धन निर्माण गर्ने रणनीति बनाइरहँदा दुई नेताको भेटवार्ता हुनलागेको हो । भेटलाई निकै चासोका साथ हेरिएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्