काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता शुरु भएको छ । दुई नेताबीच चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा भेटवार्ता जारी छ ।
आज दुई नेताबीच निर्णायक वार्तामा कुरा मिलेमा नेकपा एक हुनेछ अन्यथा विभाजन निश्चित जस्तै छ । दुवै नेता आफ्नो तर्फबाट सहमतिको न्यूनतम बटमलाइनसहित प्रस्तुत भएका छन् ।
यसअघि ओलीले टेलिफोन वार्ता गरी नेपालसँग वार्ता तय गरेका थिए । यो भेटलाई चासोका साथ हेरिएको छ ।
ओलीले २० एमालेका प्रत्यक्ष निर्वाचित सांसदलाई राजीनामाबाट रोक्न प्रयासस्वरुप सहमतिको सुत्रका लागि छलफल बढाएका छन् ।
आजै राष्ट्रपति भण्डारीले बहुमतको सरकार निर्माणका लागि गरेको आव्हानको समय सकिदैछ । यस्तो अवस्थामा ओलीको सक्रियता अर्थपूर्ण छ । कुरा मिलाउन एमालेका दोस्रो तहका नेताहरु सक्रिय रहँदै आएका छन् ।