Logo

ओली-नेपालबीच सहमति: २ जेठ २०७५ लाई टेकेर जाने



काठमाडौं, ३० वैशाख । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच पार्टीलाई एक बनाएर जाने सहमति भएको छ । आज दुई नेताबीच चपली हाइटमा भएको बैठकपछि एकता जोगाएर बढ्ने सहमति भएको हो ।

विश्वस्त स्रोतका अनुसार दुई नेताले जेठ २ २०७५ लाई टेकेर अगाडि बढ्न दुवै पक्षका नेतालाई सहभागी गराई कार्यदल बनाउने सहमति गरेका छन् । नेकपा एमालेको नवौं महाधिवेशनका पदाधिकारीहरु सबै यथावत् हुने गरी सहमति बनेको बुझिएको छ । तर, पछिल्लो समय कमिटीमा थपिएकालाई पनि व्यवस्थापन गरेर जाने गरी कार्यदलको सुझाव अनुसार अगाडि बढ्ने गरी कुरा मिलेको छ ।

ओली र नेपालबीच सहमति भएसँगै नेकपा एमालेका २० प्रत्यक्ष निर्वाचित सांसदहरुको राजीनामा टरेको छ । नेपालले बैठकपछि राजीनामा टरेको प्रतिक्रिया दिइसकेका छन् ।

ओली र नेपाल पक्षका केही नेताहरु दुई नेताबीच सहमति गराउन सक्रिय भएका थिए । ओली समूहबाट विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ र नेपाल समूहबाट सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण बिष्ट सहमतिका लागि वार्ता गराउन जुटेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot