Logo

खिमलाल देवकोटाले भने : मेरो उम्मेदवारी प्रति म प्रतिवद्ध छु



काठमाडौं, ३१ बैशाख । बाग्मती प्रदेशका लागि राष्ट्रिय सभाका स्वतन्त्र उम्मेद्धवार डा. खिमलाल देवकोटाले उम्मेद्धवारीप्रति आफू प्रतिबद्ध रहेको बताएका छन् । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालनिकट मानिएका देवकोटाको उम्मेद्धवारी फिर्ताबारे चर्चा भैरहेको बेला उनको यस्तो भनाई आएको हो ।

हिजोमात्रै अध्यक्ष केपी शर्म ओली र नेपालबीच सहमति भएको हो । यही सन्दर्भमा देवकोटाको उम्मेद्धवारी फिर्ताको चर्चा चलेको छ। तर, देवकोटाले भने आफू उम्मेद्धवारीप्रति प्रतिबद्ध रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो लेखेका छन्-

२०७८ वैशाख ३० गते भएको राजनीतिक घटनाक्रम पछि मेरा आदरणीय अभिभावक, शुभचिन्तक एवं मतदाताज्यूहरुले मेरो उम्मेदवारी प्रति जिज्ञासा राख्नु स्वभाविक नै हो । मुलुकको राजनीतिक स्थिरता, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण लगायतका लागि राजनीतिक दलहरु विभाजित हुनु हुँदैन । राजनीतिक पार्टी नीति, विधी र पद्धतीमा चल्नु पर्दछ, । यसमा विवाद हुन सक्दैन । तर, मुलुकका प्रमुख राजनीतिक दल नेपाली काँग्रस, नेकपा ९माओवादी केन्द्र० र जनता समाजवादी पार्टी लगायत अन्य दलहरुको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितीमा यसमा पुर्नविचार गर्ने कुरा कल्पना भन्दा वाहिरको विषय हो ।

निष्ठा र ईमान्दारिताको राजनीति प्रति मेरो गहिरो लगाव छ । राजनीतिक दलहरुले म प्रति गर्नुभएको विश्वाश र भरोसाप्रति उच्च सम्मान व्यक्त गर्दछु । संविधानप्रदत स्थानीय र प्रदेशका अधिकारहरु विना व्यवधान कार्यान्वयन हुनुपर्दछ भन्ने मान्यतामा म दृढ छु । मेरो उम्मेदवारी पनि यही विचारबाट अभिप्रेरित छ ।

नेकपा एमालेका नेता कार्यकर्ता लगायत सवै राजनीतिक दलहरुले म प्रति पूर्ण विश्वास र सदभाव राख्नु भएको अवस्थामा मेरो उम्मेदवारी प्रति म प्रतिवद्ध छु । तर्सथ सवै मतदाताहरुमा उत्साहका साथ चुनावमा सहभागी भई मेरो चुनाव चिन्ह कलममा मतदान गर्नु हुन सादर अनुरोध गर्दछु ।
हार्दिक कृतज्ञता सहित ।

डा। खिमलाल देवकोटा

राष्ट्रिय सभा सदस्य पदको उम्मेदवार ।
वागमती प्रदेश ।



प्रतिक्रिया दिनुहोस्