Logo

सेनाको अस्पताललाई ३० लाख सहयोग



गोदावरी, ३१ वैशाख: कैलालीको धनगढीमा रहेको नेपाली सेनाको अस्पताललाई कोरोना सङ्क्रमितको उपचारका लागि रु ३० लाख सहयोग प्रदान गगरिएको छ । दिनहुँ कोरोना सङ्क्रमितका बिरामी बढ्दै जान थोपछि कोरोना सङ्क्रमितको उपचार सेवा सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले सो अस्पताललाई सो रकम प्रदान गरेको हो ।

प्रदेश सरकारले सेनाको अस्पतालबाट कोरोना सङ्क्रमितको उपचार गरिदिन आग्रह गरेको थियो । कोरोना सङ्क्रमितको उपचार सेवा सञ्चालन गर्न प्रदेश सरकारले कोरोना कोषबाट रु ३० लाख सो अस्पताललाई प्रदान गरिएको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले बताए ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि नेपाली सेनाको सुदूरपश्चिम पृतनाले कोरोनाका बिरामीलाई सेवा दिने गरी अस्पताल सञ्चालन गर्न तयारी बढाएको जनाइएको छ । कैलालीको धनगढीमा नेपाली सेनाका परिवारलाई मात्रै सेवा दिने गरी निर्माण थालिएको सो अस्पतालमा कोरोना सङ्क्रमितका बिरामीको उपचार गर्ने गरी तयारी अगाडि बढाइएको सुदूरपश्चिम पृतनाले जनाएको छ ।

अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेर काम अघि बढेको जनाइएको छ । नेपाली सेनाका सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाका अनुसार अस्पताल सञ्चालनका लागि काम तीब्रगतिमा अघि बढाइएको छ । सो अस्पताल सेनाको कल्याणकारी कोष र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्