Logo

बैशाख ५ गतेदेखि विक्रिमा ल्याएको अरुण भ्यालीको हकप्रद शेयरमा आजसम्म आवेदन दिन सकिने



काठमाडौं, २ जेठ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । बैशाख ६ गतेदेखि ५० प्रतिशतको दरले १०० रुपैयाँ अंकित मुल्यमा उक्त कित्ता हकप्रद शेयर विक्रिमा ल्याएको थियो ।

१ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४ सय रुपैयाँ हालको चुक्तापुँजीको आधारमा १.५ को अनुपातमा हकप्रद शेयर जारी गरेको थियो । । कम्पनीको अनुसार १०० रुपैयाँ अंकित दरका ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको हो । चैत्र ८ गते सम्म कायम भएका शेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् ।

उक्त हकप्रद शेयरको बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्