काठमाडौं, २ जेठ । स्वाभिमान लघुवित्तले २० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । लघुवित्तले उक्त बोनस शेयर गत माघ २९ गतेसम्म शेयर हितग्राही खाता उपलब्ध गराएका शेयरधनीहरुकोे खातामा जम्मा गरेको जनाएको छ ।
हालसम्म अभौतिकिकरण नगराएका शेयरधनीहरलाई अभौतिकिकरण गर्न पनि आग्रह गरेको छ । त्यसपश्चात् मात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ ।
लघुवित्तकोे गत फागुन १३ गते सम्पन्न सभाले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।