Logo

एनआईसी बैंकको सेवा थप, मोबाइल एपमार्फत रेमिट्यान्स पठाउन सकिने



काठमाडौं, २ जेठ । एनआईसी एशिया बैंकले बैंकिङ सेवा–सुविधा थप गरेको छ । एनआईसी एशिया मोबैंकमार्फत आन्तरिक रेमिट्यान्स सुविधा ल्याएको हो । बैंकको अनुसार यस सेवा अन्तर्गत अब ग्राहकले जुनसुकै स्थान र जुनसुकै समयमा पनि आफ्नो एनआईसी एशिया मोबैंकबाट रेमिट रकम सहज रूपमा पठाउन सक्ने छन् ।

ग्राहकले आफ्नो मोबाइल प्रयोग गरी बैंकको एनआईसी एशिया मोबैंकभित्र रहेको सेन्ड रेमिट आइकनमा ट्याप गरेपछि रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनोट गरेर रकम पठाउन सकिने बैंकले जनाएको छ ।

पठाएको रकम देशभर रहेका बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरका साथै १० हजारभन्दा बढी रेमिट एजेन्टबाट नगद रकम सहजै झिक्न सकिनेछ । कोरोना महामारीको समय डिजिटल कारोबार गर्नुपर्ने अवस्थामा ल्याइएको यो सुविधामार्फत रेमिट्यान्स पठाउन सकिने हुँदा ग्राहकलाई बैंक शाखा पुग्नुपर्ने झन्झट हट्ने विश्वास बैंकले लिएको छ ।



प्रतिक्रिया दिनुहोस्