Logo

९ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गर्दा…



पर्सा,२ जेठ । यौन दुर्व्यवहार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । नौ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा वीरगंज महानगरपालिका–२० हरपतगंज बस्ने २२ वर्षीय सरोज चौरसियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

खेल्दै गरेको अवस्थामा ती बालिकालाई धान दिन्छु भनी प्रलोभन देखाई आफ्नै घरमा बोलाई भर्‍याङमुनी लगेर सरोजले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । उनी उपर बाल यौन दुर्व्यवहार सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot