Logo

महामारीसँग जुध्न हामीलाई एमालेकै कार्यकर्ता ठानेर जोत्नुहोस्ः गगन थापा



नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले कोरोना भाइरसको दोस्रो लहरको संकेत पाएर पनि आवश्यक तयारी नहुँदा अहिलेको अवस्था आएको बताएका छन् । उनले अझै पनि अवस्था भयावह जानेर ढाकछोप गर्ने प्रवृत्ति छाडेर संकटसँग सबै मिलेर सामना गर्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले यस्तो बताएका हुन् । प्रस्तुत छ थापासँग गरिएको कुराकानीको सम्पादित अंश :

हामीले जनता बचाउन सकेनौँ ? दलहरु कहाँ चुके ? सरकार कहाँ चुक्यो ?

राजनीतिक दल सरकार सबैलाई सधैभरी एउटै बास्केटमा हालेर हामीले छलफल गर्यौ भने सरकार जवाभदेहिताबाट पन्छन सक्दैन । सरकार भनेपछि वडा देखि माथिसम्म जसले जुन जिम्मा पाएको छ त्यसलाई बुझ्नु पर्छ । त्यसपछि सरकार जवाफदेहिताबाट मुक्त हुन्छ । कोरोना भाइरसको पछिल्लो दोस्रो लहर जुन आयो यसमा दुईटा कुरा छुट्याउन चाहन्छु, एउटा सरकारको मुख्य नेतृत्वले यत्तो संकट आउँछ भनेर विशेषज्ञले स्वास्थ्य मन्त्रालयका पनि विभिन्न अधिकारीले पटक पटक भनिरहदै गर्दा उहाँले पत्याउदै पत्याउनु भएन । नपत्याए पछि राज्यसत्ता त्यसको तयारी लाग्दै लागेन । दास्रो हामीहरुसँग जति स्रोत साधान पूर्वाधार हरु जे छ त्यसको अधिक्तम उचित प्रयोग गर्ने कुरामा हामीहरूले क्षमता राख्न सक्दै सकेनौँ ।

यो अवस्था देखा पर्नमा राज्यको पुर्वतयारीमा कमजोरी हो ?

म दुईओटा उदाहरण दिन्छु । गएको वर्ष बैशाखमा जतिबेला म स्वास्थ्य मन्त्रीलाई भेट्न गएँ, भानुभक्त जी मन्त्री हँुदैगर्दा उहाँको बजेटमा के के राख्नुपर्छ भनेर के गर्नुपर्छ भन्ने कुराको मलाई पनि के थाहाँ हुनेभयो र स्वास्थ्य मन्त्रालयका मानिसहरु भेटेँ । यो क्षेत्रमा काम गरेका मनिसहरु भेटेँ । उनीहरुले मलाई दिएको ज्ञान मध्यको एउटा ज्ञान के थियो भने अक्सिजन प्लान्टमा अहिले हामीले थोरै लगानी गर्दा धेरै अक्सिजन बन्छ । दसौँ हजार मान्छेलाई कोभिड १९ मा अक्सिजनको प्रयोगले उपचार दिनु पर्छ । त्यसैले पहिला पहिला हाम्रो अस्पतालमा भएको अक्सिवजनहरुले पर्याप्त पग्थ्यो । अक्सिजन तिर हामीले कहिल नि ध्यान दिएनौँ । कोभिडमा हजारौँ मानिसले अक्सिजन लिनु पर्ने भएकोले अक्सिजनमा लगानी गर्नु पर्छ भनेको मैंले सुनँे । कुरा बुझेँ । गएको वैशाखमा स्वास्थ्यमन्त्रीजीलाई लिखित रूपमा यो तयारी गर्नु पर्छ भनेर लेखेर दिएको सम्झन्छु । हामीलाई सिकाउने मान्छे हाम्रो वरिपरि नै छन् । तिनीहरुको कुरा सुनेर हामीसँग पैसा पनि छ । हामीहरुले गर्नुपर्ने कामहरु गरेको भए यो अवस्था आउने थिएन ।
दास्रो उदाहरण, गएको वर्ष सरकारले जब हामीसँग सघन उपचार गर्ने जति क्षमता छ त्यो क्षमता भन्दा पाँचौ गुणा बढी मान्छेलाई आईसियुको उपचार दिनु पर्छ भनिसके पछि एच डि यु भन्छौँ । हामी आइसियु भन्दा अलि तल त्यो खालको युनिटहरु बनाउनु पर्छ भनेर हामीले भन्यौँ । सरकारले पनि छ हजार बनाउने भन्यो । तर, त्यो बनाउने बेला भइसकेपछि संसद विघटन भयो । सरकारको ध्यान पनि त्यता गयो । त्यसपछि छ हजार बनाउने भन्ने ठाँउमा तीन सय चार सयभन्दा बढी बनेन । किनभने जुन अस्पतालले बनाउने भनेको हो त्यसलाई समयमा पठाउने भनेको पैसा बेलैमा पठाइएन । किन कि अब कोभिड आउँदैन यो सकियो, हामीहरुले जित्यौँ, नेपालीले जित्यौँ भन्ने जस्तो गरियो । अहिले वेड नै नहुने अवस्था आयो । अक्सिजन प्लान्ट बनाउने कुरा छलफल भएको थियो । यो जम्मा आठ दश करोड रुपैयाँको कुरा थियो । त्यतिवेला बनाईएन त्यौ निर्णय गरेको कुरालाई कार्यन्वयन गरिएन । यो दुईओटा मात्रै गरेको भए अहिले हजार दुईहजार पाँचहजार मान्छेलाई सजिलै उपचार दिन सक्ने थियौँँ ।

अक्सिजनको समस्या मुख्यरुपमा देखियो नि हाम्रो देशमा हाईन ?

भारतमा अक्सिजनको हाहाकार भईसके पछि हामीहरुलाई स्वतः त्यसको ज्ञान भईसक्नु पर्ने हो । हामीसंग यो भन्दा पहिला जति अक्सिजन प्लान्ट छ, त्यसले जति उत्पादन गर्छ, सामान्य अवस्थामा हाम्रो अस्पतालहरुमा हामीलाई चाहिने भन्दा पनि दूई गुणा बढी थियो । पहिला किन भएन भन्ने बारेमा धेरै गनगन गरेर अर्थ नै छैन । हामीसंग त्यति उत्पादन थियो । हामीसंग भएको उत्पादनले पुग्थ्यो । अस्पताल भन्दा बढी हाम्रो उत्पादन उद्दोगहरुतिर जान्थ्यो । अस्पताललाई दिनमा जम्मा १० देखि १५ सिलिन्डर भए पुग्थ्यो । अहिले अस्पतालमा सयौं सिलिन्डर चाहिन्छ । कोभिड १९ को विरामीको उपचार भनेकै अक्सिजन दिएर गर्नुपर्ने भएको छ । भेन्टीलेटरमा लाने भनेको त अन्तिममा बचाउन सकिन्छ कि भनेर लाने हो । गत वर्ष देखि नै अक्सिजन चाहिन्छ भने पछि त गएको वर्ष पनि छोडिदिनुहाृेस् अस्ति मात्रै जब अक्सिजनको हाहाकार भयो, हामीहरुले सार्वजनिक मञ्चबाट कराउन थाल्यौँ । अझैपनि समय छ । अझै पनि गर्न सकिन्छ भन्ने हुँदाहुँदै पनि त्यो बेला दुर्भाग्य के भयो भने सरकारी अधिकारीहरूले बैठक बोलाउनु भयो । त्यौ बैठकमा धेरै कुरा सुन्नुभएन जहाँ फेरि के भनियो भने अक्सिजन हामीसँग प्रशस्त छ । मान्छेले सिलिन्डर लुकाएका छन् त्यो लुकाएको सिलिन्डर हामीले जम्मा गर्यो भने हामीहरुलाई सिलिन्डर अभाव हँुदैन । सिलिन्डरको अभाव भनेर हामीहरु चीनमा सिलिन्डर लिन गयौँ । यो सिलिन्डरको अभाव होइन है बाबा सिलिन्डरको अभाव भन्दा पनि उत्पादनको अभाव छ । हामीलाई चाहिने दुई हजार पुगिसक्यो, उत्पादन हजार मात्रै छ । हामीले थाहापाउँदा पाउँदै मौका गुमायौं ।

बरू विदेश बस्ने नेपालीहरुले आफ्नो गाँस काटेर सिलिन्डर पठाए तर नेपालमा नेताहरुले केही गर्न सकेनन् ?

सार्वजनिक रुपमा पटक पटक संसदमा बाहिर के भनिरहेका छौँ भने यो बेलामा हाम्रो कारणबाट एक जना मान्छेको पनि जीवन बाँच्न सक्छ भने त्यसमा हामीले केही गर्न सक्यौं भने हाम्रो राजनीतिक जीवन सार्थक हुन्छ । मैले त फेरिपनि अपिल गरेर के भनेको छु भने काम लगाउनुहोस् हामीलाई जोत्नुहोस् हामीलाई एमाले कै कार्यकर्ता भनी ठान्नुहोस् यो बेलामा केही छैन । न दल न केही जे काम गर्नपनि तयार छौँ । तर यतिकुरा बुझिदिनु पर्यो कि के गर्ने र के नगर्ने भनेर निर्णय गर्ने स्रोतको परिचालन गर्ने काम लागाउन यो सबै कुरा कस्ले मात्रै गर्नसक्छ भने जस्को कलममा अधिकार छ उस्ले गर्नसक्छ । हामीले त निवेदन गर्ने होला याचना गर्ने होला । हामीले हाम्रौ निर्वाचन क्षेत्र भित्र हाम्रो आफ्नो स्रोत साधानले भ्याउने कुरा ज्यान फालेर सबैले गरिरहेका छौँ । गर्नेछौँ । तर यो भन्दा बढी गर्न चाहान्छौँ । यो बेलामा अस्तिको कुरा पनि छोड्न्होस् अहिले उहाँले एक महिनाको समय पाउनुभएको छ । तीनचार दिन भर्खर भयो । अरुपनि छोडिदिनुहोस् यो ल यो अवधि तपार्इँलाई समय छ । यो अवधि हामीले भन्ने गरको अरु राजनीतिक काम सबै छौडिदिऊँ, सभा सम्मेलन पार्टीको बैठक सबै बन्द, अबको २० दिन जम्मा प्रधानमन्त्रीले के काम मात्रै गर्ने भने महामारीसँग सम्बन्धित कामहरु मात्रै गर्ने । हामी पनि प्रधानमन्त्री वा सरकारको बारेका एउटा पनि आलोचना नगर्ने । सरकारले कार्य योजना बनाउने हामीलाई पनि कामलगाउने सरकारले यसो गरौँ भन्ने, प्रदेश स्थानीय सरकार देखि राजनीतिक दल देखि सबैलाई पछ्याउन हामी तयार हुने ।

हामी धेरै कुरामा चुकिसक्यौँ, अन्तराष्ट्रिय सहयो जुटाउन पनि सके नौँ ?

तपाईँले हामी हामी भनिरहँदा के कुरा पनि नभुलौँ भनेदेखि भने पनि यो अन्तराष्ट्रिय सहयोग भनेको पनि तपाईँ हामीले वा अरु कसैले ए सरकार अन्र्तराष्ट्रिय सहयोग माग्न लाग है भनेर भन्ने मात्रै हो के । अन्तराष्ट्रिय सहयोगको लागि देशको प्रतिनिधित्व कस्ले गर्छ ? अन्तराष्ट्रिय सहयोग माग्ने वा अन्तराष्ट्रिय सहयोग ल्याउन सक्ने भनेको कस्ले हो त ? हामीलाई मन परेपनि मन नपरेपनि त्यसको प्रतिनिधित्व गर्ने भनेको त सरकारले नै हो नि त । हामीले अस्ती सम्म अन्तराष्ट्रिय सहयोग लिने कुराको सन्बन्धमा भाषण गरिरह्यौँ । हामीले के भनिरह्यौँ भने हाम्रो नेपालको अवस्था त्यस्तो छैन । हामीले यो गर्यौँ, हामी यो गर्छौँ भनेर हामीले बाँचिरहेको मानिसलाई भन्दै रह्यौं । हामीले अरुलाई उल्लु बनाउने कोशिस गरिरह्यौँ । हामीले उल्लु बनाएपछि त अमेरिकाको सिटिमा हाम्रो बारेमा छलफल हुन थाल्यो । विश्व स्वास्थ्य संगठनको हिजोको विज्ञप्तिमा नेपाल विजोग अवस्थामा छ भन्न थालियो । जतिसुकै ढाकछोप गरेपनि हामीले लामो समय सम्म अनावश्यक ढाकछोप गरेर बस्यौँ । खोपको बारेमा पनि त्यही हो खोपका बारेमा हामीले के गर्यौँ । भारतले र चीनले नेपाललाई मात्रै दिएको होईन नि त । भारतले पाकिस्तान बाहेक सबैलाई खोप दियो एकै दिन दियो । हामीले त्यही ल्याएको खोपलाई लगायौँ । चीनले पनि सबैलाई दियो हामीले त्यहि ल्यायौँ । त्यो भन्दा बाहेक हामीले एक डोज पनि खोप ल्याउन सकेनौँ । तर, हामी खोपको बारेमा के भनेर बसिरयौँ । हामीले चमत्कार गरेका छौँ हामीले यो गयौँ त्यो गयौँ । ढाकछोप गर्यौँ हामीले के गर्नुपथ्र्यो । भारतसँग चीनसंग रसियासँग युरोपियन देशहरुसंग सबैसँग गोजीमा पैसा बोकेर खोप उत्पादन गर्नेसंग किन्छौँ भनेर टेबल ठोक्ने, हामीले खोप लगाएर छाड्छौँ भन्नु पर्ने ठाउँमा हामीले भारतले र चीनले दिएको खोप थाप्यौँ । नेपालले त गजब गर्यो भन्दै हामीलाई त ढाक छोप गर्ने कुराले बर्बाद बनायो ।



प्रतिक्रिया दिनुहोस्