Logo

रुरु जलविद्युतसहित यी कम्पनीको सर्किट लेभलमा कारोबार



काठमाडौं, २ जेठ । आज शेयरबजारले कारोबारमा नयाँ रकर्ड राखेको छ । आइतबार नेप्से ५४ दशमलव २१ अंकले बढेर २७ सय ३८ दशमलव २९ उच्च विन्दुमा पुगेको हो ।
सेन्सेटिभ इन्डेक्स ८. ६४ अंकले बढेर ४८८ दशमलव १४ विन्दुमा पुग्दा १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । कम्पनीको १० प्रतिशतले शेयरमुल्य बढेको हो । प्रतिकित्ता शेयरमुल्य ८० रुपैयाँले बढेर अन्तिम मुल्य ८ सय ८० रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।

यसैगरी, शिखर इन्स्योरेन्सको ९.९७ प्रतिशतले शेयरमुल्य बृद्वि भएको छ । इन्स्योरेन्सको प्रतिकित्ता शेयरमुल्य १९३ रुपैयाँले बढेर २१ सय २८ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । आज लगानीकर्ताहरुले ९.९७ प्रतिशतले कमाएका छन् ।

यस्तै, समता लघुवित्तको सर्किट लेभलमा कारोबार भएको छ । लघुवित्तको ९.९५ प्रतिशतले शेयरमुल्य बढेको हो । आज ११६ रुपैयाँले प्रतिकित्ता प्रतिशेयर मुल्य बढेर १२ सय ८२ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । यसैगरी आज सप्लकोशी बैंक, प्रोगेसिभ फाइनान्स, वरुण हाइड्रोपावर विशाल बजार लगायतको सर्किट लेभलमा कारोबार भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्