Logo

प्रभु बैंकले ४० लाख इकाई ऋणपत्र विक्रि गर्ने



काठमाडौं, ३ जेठ । जेठ ११ गतेदेखि प्रभु बैंक लिमिटेडले १० वर्ष अवधिको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ४ अर्ब रुपैयाँ बराबरको प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो ।

कुल ऋणपत्र मध्ये २५ सय इकाई ऋणपत्र म्युचुअल फन्डलाई बाँडफाँड छुट्टाइसेको छ भने २४ लाख इकाई बैंकले आफ्नै तवरले संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी रहेका १६ लाख ७७ हजार ५०० इकाईमा सर्वसाधारणलाई बिक्री गर्ने जनाइएको छ ।

‘प्रभु बैंक डिबेन्चर २०८७’ नाम दिइएको यस ऋणपत्रको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर हुनेछ । कम्पनीेले विक्रीमा ल्याएको यस ऋणपत्रमा लगानीकर्ताले जेठ ११ गतेदेखि छिटोमा जेठ १६ गतेसम्म र ढिलोमा जेठ २६ गतेसम्म न्युनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्