Logo

जेठ १५ गते नै बजेट आउँछ, नीति तथा कार्यक्रम पारित नभए संसद विघटन हुन्छ : मन्त्री ज्ञवाली



काठमाडौं, ३ जेठ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले जेठ १५ गते नै बजेट ल्याउने बताएका छन् । यसपटक प्रि बजेट छलफल नहुने उनको भनाई छ । आज राति ८ः०० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका छन् । उनले सरकार नीति तथा कार्यक्रममा जुटिसकेको र छिट्टै पेश हुने पनि विश्वास दिलाए । तर, यसपटक समय नभएकोले प्रि बजेट छलफल नहुने उनले स्पष्ट पारे ।

मन्त्री ज्ञवालीले जेठ १५ गते नै संसदमा बजेट पेश हुने बताए । उनले बजेट पारित हुने पनि विश्वास दिलाए । फरक प्रसँगमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि छिट्टै विश्वाको मत लिने पनि बताए । प्रधानमन्त्रीले विश्वासको मत नपाए संसद विघटन भएर मुलुक चुनावमा जाने उनले स्पष्ट पारे ।

त्यस्तै, सरकारले सबै नागरिकलाई खोपको व्यवस्था गर्ने भन्दै त्यसको लागि द्रुत गतिमा काम भैरहेको पनि सुनाए । सरकारले विभिन्न देशबाट खोप ल्याउने प्रयास गरिरहेको उनले जनाए । अहिले अमेरिका, चीन, रुस, भारत र दुवईबाट खोप ल्याउन लागिएको मन्त्री ज्ञवालीले बताए । जनतालाई उपचारको पहुँचमा पुर्याउनेगरि सरकारले सम्पूर्ण बन्दोबस्त गरेको पनि उनले जनाए । विस्तृत अन्तर्वार्ता आज राति ८ बजे प्राइम टिभीमा हेर्नुहोला :

 



प्रतिक्रिया दिनुहोस्

Screenshot