काठमाडौं, ३ जेठ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सरकारले कोरोनाविरुद्ध एकीकृत योजना र कमाण्ड बनाएर लड्ने बताएका छन् । उनले कोही पनि जनताले उपचार नपाएर मृत्युवरण गर्नु नपर्नेगरि सरकारले काम गरिरहेको स्पष्ट पारेका छन् । आज राति ८ः०० बजे प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कोरोना संक्रमण नियन्त्रण र रोकथाममा सरकारले आफ्नो सम्पूर्ण सामथ्र्य लगाउने पनि बताए । त्यस्तै, संक्रमितको उपचारमा कुनैपनि कसर बाँकी नराख्नेपनि उनले सुनाए । उनले आफूहरुको तर्फबाट हुने कामको कुनै कमी गर्न नदिने विश्वास दिलाए । उनले कोरोनाको औषधी ननिस्किएकोले उपचारमा समस्या भएको यथार्थ भएको सुनाए ।