Logo

कहिले होला संवैधानिक निकाय र राजदूतमा नियुक्ति सिफारिशको संसदीय सुनुवाई ?



काठमाडौं, ३ जेठ । संवैधानिक निकाय र राजदूतमा नियुक्तिको सिफारिश भएकाको संसदीय सुनुवाईका लागि संसद सचिवालयमा नाम दर्ता भएपनि मितिबारे अन्यौल छ । सुनुवाई प्रक्रिया कहिलेबाट अगाडि बढ्ने हो या सुनुवाई नै नहुने हो भन्नेबारे अन्यौल बढेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर संवैधानिक परिषद्को बैठक डाकी निर्णय गराएपछि यसबारे विवाद छ । सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षीका नेता शेरबहादुर देउवाले बहिष्कार गरेको बैठकले २० संवैधानिक निकायका पदाधिकारी नियुक्त गरेको थियो ।

११ जना राजदूत र एकजना न्यायपरिषद् सदस्य नियुक्तिको सिफारिश भई संसदीय सुनुवाईका लागि नाम दर्ता भएको छ । उनीहरुले नियुक्ति पाउन संसदीय सुनुवाई समिति पार गर्नुपर्छ या त सुनुवाई हुन नसकेको ४५ दिन पार गर्नुपर्छ ।

संसदीय सुनुवाई प्रक्रिया कसरी र कहिले बढ्ने हो चासो बढेको छ । सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्ण कोरोना भाइरसको संक्रमित छन् । संघीय संसदका महासचिव भरतराज गौतम पनि कोरोना संक्रमित छन् । उनी पनि संसदीय सुनुवाई समितिमा सचिव छन् । दुवैजना कोरोना संक्रमित भएबाट सुनुवाईबारे अन्यौल भएको हो ।

यसअघि संवैधानिक निकायमा भएका नियुक्तिलाई सभामुख अग्निप्रसाद सापकोटाले फर्काइदिएका थिए । तर, ४५ दिनभित्र सुनुवाई बढ्न नसकेपछि अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबैको नियुक्ति भई सपथ गराइएको थियो । यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

नियुक्ति अगाडि नबढ्दा लोकसेवा आयोगमा अध्यक्षसहित सदस्यको पद रिक्त छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुईवटा आयुक्त पद रिक्त छ । निर्वाचन आयोग र महिला आयोगमा २-२, राष्ट्रिय समावेशी आयोगमा अध्यक्षसहित २, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग, मुस्लिम आयोगमा १-१ सदस्य रिक्त छ । न्याय परिषद सदस्यमा रामप्रसाद भण्डारी सम्भवको नियुक्तिको सिफारिश भएको छ ।

लोक सेवा आयोग
अध्यक्षःमाधव प्रसाद रेग्मी
सदस्यःमाधव बेलबासे,कपिलबस्तु
वीरवहादुर राई इलाम
दिनेश सिलवाल ललितपुर
मन्जु कुमारी, महोत्तरी

अख्तियार दुरुपयोग अनसन्धान आयोग
आयुक्तः डा. हरी पौडेल,बागलुङ
आयुक्तः सुमित्रा अमात्य,ललितपुर
निर्वाचन आयोग
आयुक्तः सगुन शमसेर जबरा,रुपन्देही
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
सदस्यः विपिनराज निरौला,पाँचथर
सुधा कुमारी झा धनुषा

महिला आयोग
सदस्य जया घिमिरे,धनुषा
सदस्यः सावित्रा कुमारी शर्मा,पर्वत

दलित आयोग
सदस्यः सुन्दर पुर्कुटी,काठमाडौं

राष्ट्रिय समावेशी आयोग
अध्यक्षः डा. रामकृष्ण तिमिल्सिना,कास्की
सदस्यः पुष्पराज तिमिल्सिना,पर्वत
सदस्यः मानप्रसाद खत्री,बझाङ

आदिवासी जनजाति आयोग
सदस्यः सूर्यवहादुर गुरुङ,खोटाङ

मधेशी आयोग
सदस्यः आभा कुमारी,सप्तरी

थारु आयोग
सदस्यः डा. उमाशंकर चौधरी,नवलपरासी पश्चिम

मुस्लिम आयोग
सदस्यः मोहम्मद समसुल हक,सर्लाही

 



प्रतिक्रिया दिनुहोस्

Screenshot