Logo

महन्थ-उपेन्द्रले संयुक्त हस्ताक्षरबाट बैठक डाके, जसपाले कठोर निर्णय लिने (पत्रसहित)



काठमाडौं, ४ जेठ । जनता समाजवादी पार्टीले कठोर निर्णय लिने तयारी गरेको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एकजुट भई कठोर निर्णय लिने तयारी गरेका हुन् ।

विभाजनको संघारमा पुगिसकेको जसपाभित्र ठाकुर र यादवले अनौपचारिक बैठक बसी नयाँ निष्कर्षमा पुग्ने तयारी गरेका हुन् । त्यसका लागि जेठको ८ र ९ गते केन्द्रीय कार्यकारिणीको बैठक डाकिएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा ११ बजे बस्ने गरी तय भएको छ । बैठक अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुवैले हस्ताक्षर गरी डाकेका हुन् ।
जसपाभित्र दुवै अध्यक्षले छुट्टाछुट्टै बैठक डाक्ने र निर्णय लिने गर्दै आएकोमा यसपटक संयुक्त हस्ताक्षर गरी डाकेका हुन् ।

पछिल्लो समय जसपा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने र नदिने विषयमा विवादको सामना गरिरहेको छ । तर, ओलीविरोधी गठबन्धनबाट महन्थ ठाकुरलाई प्रधानमन्त्रीको प्रस्ताव अनौपचारिक तरिकाले आउन थालेपछि नयाँ घटना विकास हुन थालेको हो । जसपा एकजुट भई ओलीविरोधी गठबन्धनमा सहभागी भए प्रधानमन्त्री ओलीमाथि चुनौती बढ्न सक्छ । उनले प्रधानमन्त्री पदबाट हट्नुपर्ने अवस्था सम्म आउन सक्छ ।



प्रतिक्रिया दिनुहोस्