Logo

दाइको घरमा जाँदै गरेकी १२ वर्षीया बालिका बलात्कृत



कपिलवस्तु, ४ जेठ । १२ वर्षीया बालिका बलात्कार गर्ने २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवराज नगरपालिका–६ कुदरबेटवा बस्ने २६ वर्षीय ईलियस मुसलमान र २१ वर्षीय सलमान मुसलमान सोमबार राति पक्राउ परेका हुन् ।

दाइको घरमा जाँदै गरेकी ती बालिकालाई उनीहरुले बिच बाटोबाट मोटरसाइकलमा राखी सोही ठाउँस्थित आँपको बगैँचामा लगेर जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय चन्द्रौटा र प्रहरी चौकी वीरपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot