Logo

कोरोना विशेष र बजेट अधिवेशनबारे छलफल गर्न कांग्रेसले डाक्यो संसदीय दलको बैठक



काठमाडौं, ४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक भोलि दिउँसोको लागि बोलाएको छ । पछिल्लो राजनीकि घट्नाक्रम र कोरोना रोकथाम तथा नियन्त्रणमा केन्द्रित रहेर छलफल गरिने एक सांसदले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

उनकाअनुसार बैठक संसद् भवन ल्होत्से कक्ष बानेश्वरमा अपराह्न २ः३० बजे बस्ने छ ।  बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण, संसद्को बजेट अधिवेशन, समसामयिक राजनीतिलगायत छलफल हुने सचेतक पुष्पा भुसालले जानकारी दिईन् । File Photo/ReporterNepal



प्रतिक्रिया दिनुहोस्