काठमाडौं, ४ जेठ । गृहमन्त्री रामबहादुर थापा बादलको दौड तिव्र भएको छ । उनले राष्ट्रिय सभा चुनावमा जित सुनिश्चित गर्न दौड तिव्र पारेका हुन् ।
आज बादल नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । उनले नेपालसँग चुनावमा साथको आग्रह गरेको बुझिएको छ ।
बादल सुर्य चिन्ह लिएर ६ जेठमा बागमती प्रदेशबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यका लागि चुनावी मैदानमा छन् । उनको प्रतिद्वन्द्वी माधवकुमार नेपालनिकट डा. खिमलाल देवकोटा छन् । देवकोटालाई माधव नेपालसहित नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साथ छ ।
माधव नेपालको साथ नपाए बादललाई जित्न कठिन छ । नेपाल समूह देवकोटाको पक्षमा देखिन्छ ।