Logo

‘दैनिक आठ घन्टाभन्दा बढी काम गर्नु घातक’



एजेन्सी, ४ जेठ । स्वस्थ बन्ने सुत्रमध्ये ८ घन्टा काम, ८ घन्टा निन्द्रा र ८ घन्टा मनोरञ्जन, व्यायाम तथा आराम हुनुपर्छ । तर, आधुनिक युगमा मानिसहरु ८ घन्टाभन्दा बढी काम गर्छन् । कतिपय व्यक्तिहरु २० घन्टासम्म पनि काम गर्छन् ।

एक अध्ययनले दैनिक ८ घन्टाभन्दा बढी या हप्ताको ५५ घन्टाभन्दा बढी काम गर्नु घातक हुनसक्ने देखाएको छ । विश्व स्वास्थ्य संगठनले वर्षेनी हजारौं मानिसहरुको मृत्युको कारण आवश्यकता भन्दा बढी काम गर्नु रहेको उल्लेख गरेको छ । कोभिड १९ को महामारीमा यो झन् बढेको डब्लुएचओको निष्कर्ष छ ।

आवश्यकताभन्दा बढी समय काम गर्दा हुने नोक्शानीबारे पहिलोपटक भएको अध्ययन जर्नल इन्भाइरोमेन्ट इन्टरनेशनलमा प्रकाशित हुँदा ७४५००० मानिसको मृत्यु बढी घन्टा काम गर्दासँग सम्बन्धित रहेको उल्लेख थियो । जुन सन् २००० को तुलनामा सन् २०१६ मा ३० प्रतिशतले वृद्धि भएको उल्लेख छ ।

डब्लुएचओ र आइएलओको संयुक्त अध्ययनले बढी घन्टा काम गर्नेहरुको चाँडै मृत्यु हुने देखाएको थियो । त्यस्तो असर कतिपयमा मध्यम उमेर या बुढेशकालमा देखिएको उल्लेख छ । उक्त अध्ययनले चीन जापान र अष्ट्रेलियाका नागरिक बढी घन्टा काम गर्दाको असरबाट प्रभावित भएको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot