Logo

बाग्मतीमा भोलि, लुम्बिनीमा १७ जेठमा राष्ट्रिय सभाको उपनिर्वाचन



काठमाडौं, जेठ ५ । राष्ट्रिय सभा दुई रिक्त पदका लागि निर्वाचन आयोगले तयारी अन्तिम चरणमा पु(याएको छ । बाग्मती प्रदेशतर्फ भोलि बिहीबार र लुम्बिनी प्रदेशतर्फ रिक्त एक सदस्यका लागि १७ जेठमा उपनिर्वाचन तोकिएको हो । बाग्मती प्रदेश उपनिर्वाचनमा तीन उम्मेदवार र ३ सय ४८ मतदाता छन् । लुम्बिनी प्रदेशमा भने दुई जनाको उम्मेदवारी परेको छ । सो प्रदेशमा २ सय ९६ मतदाता छन् ।

बाग्मती प्रदेशमा हुने उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा ‘बादल’, कांग्रेस, माओवादी केन्द्र र जसपाबाट डा। खिमलाल देवकोटा उम्मेदवार तथा नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ उम्मेदवार छन् । लुम्बिनीमा एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले उम्मेदवारी दिएका छन् । उनी नेकपा ९माओवादी केन्द्र०बाट एमालेमा प्रवेश गरेका थिए ।

यसैगरी, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेको उम्मेदवारी परेको छ । यसअघि, पाण्डे लुम्बिनी प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट निर्वाचित थिए । तर, अहिले कांग्रेसमा आबद्ध उनी केही दिनअघि मात्रै पार्टी प्रवेश गरेका हुन् ।

दाङ मुख्य निर्वाचन अधिकृत कार्यालयमा मंगलबार उनीहरूले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए । उपनिर्वाचनमा बाग्मती प्रदेशसभाका १ सय १० मध्ये १ सय ९ सांसदले मतदान गर्नेछन् । एक सांसदको केही दिनअघि कोरोना संक्रमणका कारण निधन भएको थियो ।

त्यस्तै, स्थानीय तहका २ सय ३८ प्रमुख(उपप्रमुखसमेत गरी कुल ३ सय ४८ मतदाता हुनेछन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय जनप्रतिनिधिको मतभार १८ गणना हुनेछ । बाग्मतीतर्फ आयोगले निर्वाचन प्रयोजनका लागि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेको अवस्थामा ‘मौन अवधि’समेत सुरु भइसकेको छ ।

आयोग प्रवक्ता राजकुमार श्रेष्ठले बाग्मतीतर्फको उपनिर्वाचनका लागि गत ३ जेठ रातिबाट मौनअवधि सुरु भइसकेको जानकारी दिए । बाग्मतीतर्फ सत्तारूढ एमाले उम्मेदवार गृहमन्त्री बादलले सूर्य र कांग्रेस, माओवादी केन्द्र तथा जसपाबाट उम्मेदवार देवकोटाले कलम र नेमकिपाका उम्मेदवार तामाङले मादल चिह्न प्राप्त गरिसकेका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot