Logo

सगरमाथा इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव



काठमाडौं, ५ जेठ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट भएको ११ दशमलव ५८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

मंगलबार बसेको संचालक समितिको बैठकले कम्पनीको १ अर्ब १२ लाख २३ हजार रुपैयाँ हाल भएको चुक्तापुँजीको आधारमा ११ प्रतिशत र ०.५८ प्रतिशत कर प्रयोजनको लागि गरेर जम्मा ११.५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको जनाइएको छ । संस्थाले प्रस्ताव गरेको उक्त लाभांश साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले प्राप्त गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्