Logo

शौचालयको बिषयमा विवाद हुँदा कुटपिटबाट एकको मुत्यु



महोत्तरी, ५ जेठ । शौचालयको पानी बगेको बिषयमा भएको बिवादमा कुटपिट हुँदा एक जनाको निधन भएको छ । शौचालयको पानी बगेको बिषयमा भएको बिवादमा कुटपिट हुँदा मटिहानी नगरपालिका–३ बर्दाहा बस्ने २५ वर्षीय मोजाबेद राईनको मृत्यु भएको हो ।

कुटपिटमा संलग्न रहेको अभियोगमा मटिहानी नगरपालिका–३ बर्दाहा बस्ने ४४ वर्षीय असरफ कवारी र सोही ठाउँ बस्ने १९ वर्षीय अमानुन राईलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

मटिहानी नगरपालिका–३ बर्दाहा बस्ने हजरत राईन र आलिम राईनबिच शौचालयको पानी बगेको बिषयमा भएको बिवादमा कुटपिट हुँदा मानिसहरू घाईते भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी धिरापुरबाट र प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले घाइते मोजाबेर समेत ४ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ पठाएकोमा मो।जोबरको बाटोमै मृत्यु भएको जानकारी दिएको छ । अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये १ जनाको अवस्थामा गम्भीर रहेको बताएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्