Logo

ओलीले गर्ने चुनाव धाँधलीयुक्त हुन्छ, महन्थलाई प्रधानमन्त्री बनाउन कांग्रेस तयार छ : प्रधान



नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले देशले वर्तमान सरकारको विकल्प खोजेको भन्दै सहमतिको आधारमा जनता समाजवादी पार्टी, नेपाललाई सरकारको नेतृत्व गर्न दिन सकिने धारणा अघि सारेका छन्। आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले ठाकुरलाई प्रधानमन्त्री स्विकार गर्न आफूहरुलाई कुनै आपत्ति नहुने पनि स्पष्ट पारे । उनले भनेका छन् महन्थ ठाकुर त एउटा काँग्रेसको नै स्कुलिङबाट आउनु भएको हो । र, उहाँको पहिचान नै नेपाली काँग्रेसले दिएको हो । त्यसैले उहाँ मधेशको नेता नै हो र अहिलेसम्म मधेशले प्रधानमन्त्री पाएको नै छैन । त्यसकारण त्यसले काँग्रेसलाई पनि सघाउनै पुर्याउला त्यसको पक्षमा सबै राजनीतिक दलहरुले सहमति जनाएर बसेको अबस्थामा त्यो काम गर्दा नै राम्रो हुन्छ । प्रस्तुत छ नेता प्रधानसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

जनता समाजवादी पार्टी, नेपाल महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने भनेर अघि सरेको छ नि ? तपाईँहरु के गर्नुहुन्छ ? जसपाको नेतृत्वमा सरकार बनाउनकोलागि सहयोग गर्नुहुन्छ ?

पहिलो कुरा त यो संसद् विघटन गरिसकेपछि प्रधानमन्त्री केपी औलीको स्वेच्छाचारी कदमको विरुद्धमा हामीहरु सबै सडकमा नै थियौँ । जसपा पनि सडकमा नै आएको थियो । त्योबेला नेपाली काँग्रेसले पछि गएर आफ्नो नेतृत्वमा सरकार बनाउने कुरामा निर्णय गर्यौं । र, संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउन नसकेपछि त्यहीदिन नै जसपबाट उपेन्द्र यादव, माओवादी केन्द्रबाट प्रचण्डजी र हाम्रो पार्टीका सभापति शेरबहादुर देउवा उहाहरु ती जनाको संयुक्त हस्ताक्षरमा सरकार बनाउने कुरामा संयुक्त वक्तव्य आएको थियो । त्यसमा जसपाकै आन्तरिक द्धन्द्धका कारणले त्यो सफल हुन सकेन । त्यतिबेला महन्थ ठाकुर तटस्थ नबसेर यता शेरबहादुर देउवालाई भोट दिएको भए शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने सम्भावना थियो । उहाँहरुले दुबै पक्षलाई नदिने भनेपछि संख्यात्मक रुपमा हाम्रो बहुमत पुगेन र त्यो सफल हुन सकेन । त्यो बीचमा पनि पार्टीका शीर्ष नेताहरुले की हामीहरुलाई सहयोग गर्नुहोस नत्र तपाईँहरुनै बन्नुहोस् भनेका थियौ हामीहरुले तर त्यो कुरा उहाँहरुले मान्नु भएको थिएन । त्यसैले अब केपी ओलीको विकल्प खाजिनुनै पर्छ । जुन केपी ओलीको स्वेच्छाचारी कदम छ । जुन अहिलेसम्मकै संविधान र कानुनको मर्मविपरित गरिएको कदम छ । नेपाली जनता उहाँको विरोधमा छन् । हरेक राजनीतिक दलहरु उहाँको विरुद्धमा उत्रेको अवस्थामा अब यो फेरि विश्वासको मत लिने कर्ममा उहालाई ध्यान दिन सकिएन त्यसैले यदि महन्थ ठाकुरजीहरुले यो प्रस्ताव पार्टीका अन्य दलका नेताहरुको आधारमा आयो भने यसमा विकल्प खोज्न सकिन्छ । महन्थ ठाकुर त एउटा काँग्रेसको नै स्कुलिङबाट आउनु भएको हो । र, उहाँको पहिचान नै नेपाली काँग्रेसले दिएको हो । त्यसैले उहाँ मधेशको नेता नै हो र अहिलेसम्म मधेशले प्रधानमन्त्री पाएको नै छैन । त्यसकारण त्यसले काँग्रेसलाई पनि सघाउनै पुर्याउला त्यसको पक्षमा सबै राजनीतिक दलहरुले सहमति जनाएर बसेको अबस्थामा त्यो काम गर्दा नै राम्रो हुन्छ ।

त्यसोभए तपाईँहरु पनि जसपाको नेतृत्वमा सरकार बनाउन तयार हुनुभयो ?

यो विषयमा छलफल गरेर केन्द्रीय कार्यसमितिमा हामी निर्णय गछौँ नि ।

होईन निर्णय त छिटो गर्नुपर्ला नि ?

अब छिट्टै हुन्छ । विश्वासको मत लिने कुरामा पनि शंकानै छ । अहिले सरकार अध्यादेशबाट बजेट ल्याउने तयारीमा रहेको कुरा आएको छ । उहाँहरुको हिजोमात्रै म महासचिवका कहाँ पुगेको थिएँ, उहाले खै अहिलेसम्म केहीपनि खबर आएको छैन भनेपछि त आज ५ गते भईसक्यो नीति तथा कार्यक्रम जेठ १५ मा नै पास गनुपर्ने हुन्छ । हामीहरुले अहिलेसम्म कुनै किसिमको केही देखिएको छैन संसद्भित्र त्यसैले जे कुरामा पनि अध्यादेशमार्फत देशमा शासन चलाउने जुन खालको पद्धती अहिलेको सरकारले चलाएको छ । त्यो वास्तबमा संविधानसम्मत् छैन । त्यसको विरुद्धमा सबै राजनीतिक पार्टी केपी ओलीको विकल्पतिर जाने कुरा सरकार बनाउन आवश्यकता चाहिन्छ ।

होईन, जसपाले प्रष्ट रुपमा भनेको छ नि–हामी अरुलाई सरकार बनाउन सहयोग गर्दैनौं भनेर, बरु आफ्नै नेतृत्वमा सरकार बनाउन हामी तयार छौँ भनेको छ नि ? तपाईँको राय के हो ?

अरु दलको बीचमा बहुमत पुरयाउनु छ भने त काँग्रेस त्यसमा सहकार्य गरेर अगाडि बढ्नसक्ने अवस्था रहन्छ ।

त्यसोभए नेपाली काँग्रेसले अब जसपाकै नेतृत्वमा सरकार बनाउनको लागी निर्णय गर्छ ?

सकिन्छ । किन सकिदैन ? आखिर हिजो त गिरिजाबाबु ०६४ बाहिर नै बसेर नेतृत्व दिए । हामीले नजितेको होईनौँ नि त । अब आउने आम निर्वाचनमा कम्युनिस्ट पार्टीको ध्यान जानुपर्छ । त्यसमा चाँही केपी ओलीले चुनाव गर्न पायो भने त्यो चाहीँ निश्पक्ष हुन सक्दैन । उहाँले आफ्ना विरोधीहरुलाई सफाईको काम चाहीँ गर्नुहुन्छ । केपी ओलीले चुनाब गरेपछि धाँधलीयुक्त चुनाव हुन्छ भन्ने सबैलाई शंका छ । मुलुकलाई द्धन्द्धमा लाने हो भने त केपी ओलीले चुनाब गरेपनि हुन्छ । तर, यदि मुलुकलाई शान्तिमा लाने हो भने अरु दलको सरकार बनेर चुनाब हुनुपर्छ ।

त्यसोभए माओवादी केन्द्र र काँग्रेसको समर्थनमा जसपाले सरकार बनाउको लागि सर्वसम्मत् रुपमा निर्णय गर्नुपर्छ भन्ने तपाँईको निश्कर्ष हो ?

कांग्रेसले त केन्द्रीय कार्यसमितिको बैठक बसेर सबैको कुरालाई सुनेर निर्णय गर्नुपर्यो नि त । आखिर त जसपाको मात्रै बहुमत पुग्दैन् । उसलाई पनि कैसैको सर्मथन त चाहियो । सबै दलहरु बसेर निर्णय गर्छन । त्यसपछि एउटा बाटो अबलम्वल गर्नुपर्छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot