काठमाडौं, ५ जेठ । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज बस्ने सकेन । आज बैठक नबसेपछि विभिन्न आशंकाहरु भएका छन् ।
कार्यदलको बैठक बस्न नसकेकोमा सबै सदस्य उपस्थित हुन नसक्ने भनिएको छ । कतिपय सदस्यहरु राष्ट्रिय सभाको भोलि हुने उपनिर्वाचनमा भित्री रुपमा सक्रिय भएका छन् । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले आज उपस्थित हुन नसक्ने जानकारी गराएका थिए ।
कार्यदलले हिजा आचारसंहिता, कार्यविधि बनाउने निर्णय गरेको थियो । आज बैठक बस्ने समेत तय गरेको थियो ।
यसैगरी, नेकपा एमालेभित्रको विवाद भोलिको राष्ट्रिय सभाको बागमती प्रदेशको सदस्यको निर्वाचनसँग पनि जोडिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपिल नै निकालेका छन् । उनको अपिल अर्थपूर्ण छ ।