काठमाडौं, ५ जेठ । नेकपा (एमाले) को नवगठित कार्यदलको बैठक स्थगित् भएको छ । आज ७ बजे बस्ने भनिएको बैठक बिना कारण स्थगित् भएको नेताहरुले बताएका छन् । कार्यदलको समयसिमा पनि आजै सकिएको छ । यसअघि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले दश सदस्यीय कार्यदल गठन गरेका थिए ।
कार्यदलको बैठक हिजो पहिलोपटक बसेको थियो । हिजो बसेको बैठकले आचारसंहिता बनाउने निर्णय गरेको थियो । तर, भोलि हुने बाग्मती प्रदेशको राष्टियसभाको उपननिर्वाचनको कारण आजको बैठक स्थगित् भएको एमाले उच्च स्रोतले जनाएको छ ।
अध्यक्ष ओलीले पार्टीका आधिकारिक उम्मेद्धवार रामबहादुर थापालाई अत्यधिक मतले विजयी बनाउन अपिल गरेका छन् । तर, वरिष्ठ नेता नेपालले भने आफ्नै पहलमा उम्मेद्धवारी दिएका डा. खिमलाल देवकोटालाई नै सघाउने अडान लिएपछि विवाद पूनः बल्झिएको छ । तर, कार्यदलका सदस्यहरुले भने आज विशेष कारणले बैठक स्थगित् भएपनि भोलि बैठक पूनः बस्ने जानकारी दिएका छन् । file photo/ReportersNepal