Logo

राष्ट्रियसभा उपनिर्वाचनको मतदान शुरु



वाग्मती, ६ जेठ: राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान प्रक्रिया शुरु भएको छ । बिहान ९ः०० बजे वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरेर प्रक्रिया शुरु गरेका हुन् । उनीसँगै मन्त्री, पूर्वमन्त्री, प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदानका लागि लामबद्ध भएका छन् ।

हेटौँडाको भूटनदेवी माध्यमिक विद्यालयमा निर्धारण गरिएको निर्वाचन केन्द्रमा प्रदेशसभा सदस्यका लागि उपकेन्द्र ‘क’, स्थानीय तहका प्रमुख उपप्रमुखका लागि ‘ख’ र कोरोना सङ्क्रमित मतदाताका लागि ‘ग’ गरी तीनवटा उपकेन्द्र निर्धारण गरिएको छ ।

निर्वाचनमा प्रदेशसभा सदस्य ११० मध्ये १०९ र स्थानीय तहका २३८ गरी जम्मा ३४७ मतदाता रहेका छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रतिनिधिको मतभार १८ रहने व्यवस्था छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्