Logo

सात मन्त्रीविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै



काठमाडौं, ६ जेठ । नेकपा माओवादी केन्द्र परित्या गरी एमाले बनेका सात जना गैरसांसदलाई मन्त्रीबाट पदमुक्त गर्न अन्तरिम आदेशको माग गर्दै परेको रिटमाथि आज प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा सुनुवाई हुँदैछ ।

अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले दायर गरेका दुवै रिटको पेशी प्रधानन्यायाधीश राणाको एकल एजलासमा तोकिएको छ । संविधानको धारा ७८ बमोजिम नियुक्त भएका मन्त्रीको नियुक्ति गैरसंवैधानिक भएको दावी रिट निवेदकले गरेका छन् ।

रिट निवेदनमा अन्तरिम आदेश माग नभएकाले त्यसबारे ‘बिचार गर्नु परेन’ भन्ने आदेश आएको भोलिपल्ट अन्तरिम आदेश माग गर्दै दुईवटा रिट निवेदन दर्ता भएका हुन् ।हाल गृहमन्त्री रामवहादुर थापा, उर्जामन्त्री टोपवहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह, खानेपानी मन्त्री मणी थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा दुवै सदनको सदस्य छैनन् ।-दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्