काठमाडौं, ६ जेठ । जेठ २ गतेदेखि निष्कासन गरेको २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । १० वर्षे अवधिको ८.५ प्रतिशत व्याजदरमा २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको बैंकले हो ।
‘एनएमबि ऋणपत्र ८.५–२०८७/८८’ नाम दिइएको यस ऋणपत्रमा प्रति ऋणपत्र १ हजारको दरले १२ लाख कित्ता व्यक्तिगग तवरबाट र बाँकी रहेको ८ लाख कित्ता बैंकले सर्वसाधारणको लागि निष्कासन गर्ने भएको छ ।
सर्वसाधारणललाई छुट्टाएको ८ लाख कित्तामध्ये ५ प्रतिशत सामुहिक लगानी कोष र बाँकी रहको ७ लाख ६० हजार कित्ता सर्वसाधारणलाई विक्रिमा ल्याउने जनाएको छ । कम्पनीको ऋणपत्रमा न्युनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्ता सम्म जेठ ६ (आज)सम्म आवेदन दिन सकिन्छ । बैंकको ऋणपत्र विक्रि तथा प्रबन्धकमा सिद्वार्थ क्यापिटल रहेको छ ।