Logo

कोरोना महामारीले सिकाएका यि पाठ, अनावश्यक चिन्ता गर्दा मृत्यु वरिपरि हुने



एजेन्सी, ६ जेठ । भनिन्छ दुःख पछि सुःख आउछ । यो सत्य हो, जसले दुःखमा धैर्यता गर्न सक्छ, उही सफलताको हकदार हुन्छ । कोभिड–१९ संकट नेपाल र भारतमा गत वर्ष देखि जारी छ । महामारीको डरले मानिसहरुले राम्रोसँग सास फर्ने पनि पाएका छैनन् । महामारी आफैमा नराम्रो भएपनि यसले मानिसहरुलाई धेरै कुरा सिकाएको छ ।

१.स्वास्थ्य प्रति जागरुकताः कोरोना भाइरसले सबैभन्दा धेरै त मानिसहरुलाई आफ्नो शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न पर्ने आवश्यकताको बोध गराइदिएको छ । यसको साथै सधै प्रतिरक्षा प्रणाली बलियो बनाउनुपर्ने पाठ सिकाएको छ । हाल मानिसहरुले स्वास्थ्य प्रति धेरै जागरुकता बढाउदै योग, प्राणायाम, आर्युर्वेद, ध्यान र पौष्टिक भोजन तिर ध्यान दिँदै छन् ।

२. क्वारेन्टाइनको महत्वः कोरोना भाइरसले मानिसहरुलाई एक्लै बस्न पनि सिकाएको छ । होम क्वारेन्टाइन÷आइसोलेशनमा बस्न बानी परेका छन् । अहिलेसम्म प्रयोग गर्दै आएका चीजहरु अब भने अति नै हाइजेनिक लाग्ने भएको छ ।

३.भाइरस संक्रमण भएर मर्न सबैभन्दा गाह्रोः यो महिनामा अत्यधिक मानिसहरुको कोरोना सक्रमणबाट मृत्यु भएको छ । तर, मरेका आफन्तहरुले शव व्यवस्थापन गर्न पनि पाएनन् । नत अन्तिम संस्कार गर्न पाए । यसबाट भाइरसको संक्रमणबाट हुने मृत्यु धेरै खतरनाक र त्यसको परिणाम भयावह भएको अनुभव पाए ।

४.बचतः धेरै मानिसहरुले पछिका लागि पैसा बचत गर्ने गर्दैनन् । बचत नगर्नेलाई कोरोनाले ज्ञान दिएको छ । लामो समय काम गर्न नपाउदा लकडाउनमा खान मुस्किल परेपछि अब बचत गर्ने बानीमा पनि वृद्वि हुने भएको छ ।

५. मानिसहरु आफैले चिकित्सकीय ज्ञान लिएः भाइरसले आम मानिसहरुलाई चिकित्सकिय ज्ञान पनि दिएको छ । चिकित्सकबाट मात्र पत्ता लगाइने मुटुको पल्स, ब्लड प्रेसर, अक्सिजनको लेभल जस्ता उपचारका विधिहरु सामान्य मानिसले पनि घरमै बसेर गरिरहेका छन् ।

६.खाद्यान्य स्टोर गर्नुपर्नेः सरकारले तुरुन्त लकडाउन गर्दा मात्र मानिसहरुले खाद्यान्यको व्यवस्था गर्न लाग्छन् । भाइरसले सामाग्रीको जोहो गरेर राख्नुपर्ने समेत पाठ सिकाएको छ ।

७.पारिवारिक सोच र सेवाः भाइरसको महामारी अगाडी मानिसहरु कामलाई धेरै ध्यान दिएकोले आफन्तहरुलाई समय दिदैनथे । अब भने काम र पैसा मात्र होइन रहेछ भन्दै एकले अर्कालाई महत्व दिन थालेका छन् ।

८.चिन्ता र डरबाट टाढाः कोरोना भाइरसबाट कुनै पनि प्रकारका चिन्ता गर्दा, मनलाई अशान्त राख्दा र व्यर्थको डर मनमा पाल्दा मृत्यु आसपास रहने कुरा मानिसहरुले बुझेका छन् । Agency

 



प्रतिक्रिया दिनुहोस्

Screenshot