Logo

सय वर्षमा सबैभन्दा आपतकाल कोरोनाकाल-मोदी



एजेन्सी, ६ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सय वर्षमा सबैभन्दा बढी आपतकालिन समय कोरोनाकाल भएको बताएका छन् । आज मोदीले भारतले कोरोना भाइरससँग लड्न उपलब्ध स्रोतहरुको सबैभन्दा राम्रो प्रयोग गरेको उल्ल्लेख गरेका हुन् ।

मोदीले कोरोना खोपको प्रयोगले मात्रै कुनै अर्थ नदिने भन्दै खोप जीवनको आवश्यक सुरक्षा कवच नभएको स्पष्ट स्पष्ट पारेका हुन् । कोरोना भाइरसको दोस्रो लहरको बीचमा भाइरसले स्वरुप परिर्वतन गरेर युवा तथा बच्चाहरुलाई थप चिन्ता बढाएको समेत उनले जिकिर गरे । उनले भविष्यको लागि अझ तयार हुनुपर्नेमा जोड दिनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot