Logo

एमाले स्थायी कमिटी बैठक जारी



काठमाडौं, ६ जेठ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पार्टी एकताबारे कार्यदलले थालेको कामको समिक्षा हुने जनाईएको छ । त्यस्तै, आज भएको राष्टियसभाको बाग्मती प्रदेशको उपनिर्वाचनमा माधव नेपाल समूहले गरेको असहयोगको बारेमा पनि समिक्षा हुने जनाईएको छ ।

एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेद्धवार छन् । तर, नेता नेपालको पहलमा विपक्षी गबन्धनको समर्थनमा संघीयता विज्ञ डा. खिमलाल देवकोटा स्वतन्त्र उम्मेद्धवार छन् । उनी कलम चिन्ह लिएर मैदानमा उत्रिएका छन् । बाग्मती प्रदेशमा एमालेको एकल बहुमत छ ।

तर, माधव नेपाल समूहको मत विभाजित भएको अवस्थामा बादलको हार निश्चित् छ । अध्यक्ष केपी शर्मा ओलीले बादललाई अत्यधिक मतले विजयी गराउन हिजोमात्रै सार्वजनिक अपिल गरेका थिए । बादललाई असहयोग गरेर राम्रो नहुने पनि उनले पार्टीका मतदातालाई चेतावनी दिएका थिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्