हेटौंडा, ६ जेठ । झरी नभनी हेटौंडा पुगेर जनप्रतिनिधिहरुले मतदान गरेका छन् । तर, प्रदेश सभा, नगरपकालिका र गाउँपालिकाका गरी १० जनप्रतिनिधि अनुपस्थित रहे । जसमध्ये ४ प्रदेश सभा सदस्य छन् भने बाँकी ६ स्थानीय निकायका जनप्रतिनिधि हुन् ।
उम्मेदवारी दिएको नेमकिपाका एकजना मतदाता समेत अनुपस्थित रहे । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति अनुपस्थित रहे ।
बागमती प्रदेशको राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा ३४७ मध्ये ३३७ ले मतदान गरे । प्रदेश सभाका १०९ र स्थानीय तहका २३७ जनाले मतदान गरे ।
प्रदेश सभा सदस्यमध्ये विवेकशील साझाका ३ र माओवादी केन्द्रका १ जना अनुपस्थित रहे । काँग्रेसबाट स्थानीय निकायका जनप्रतिनिधि २, नेमकिपाका १ जना अनुपस्थित रहे ।