एजेन्सी, ६ जेठ । कोरोना भाइरसको महामारीको कारण विश्व अहिले त्रसित भएको छ । मानिसहरुमा त्रास फैलिएको छ । संक्रमणको प्रकोप नियन्त्रणको लागि खुला भेन्टिलेसन महत्वपुर्ण हुने पाइएको छ ।
भारतीय मिडिया दैनिक जागरणले भारतका वैज्ञानिकहरुलाई उद्वत गर्दै घर वा अफिसको नराम्रो, कमजोर बन्द भएको भेन्टिलेसन भएको कोठामा संक्रमण बढी हुने उल्लेख गरेको छ ।
भारतका वैज्ञानिकहरुले आज एक विज्ञप्ति जारी गर्दै राम्रो तथा खुल्ला भेन्टिलेशनबाट संक्रमण कम हुने दाबी गरेका छन् । उनीहरुले खुला भेन्टिलेसनबाट संक्रमणको जोखिम कम हुने भन्दै उनीहरुले मास्क, शारीरिक दुरी, सर–सफाई, भेन्टिलेसनमा जोड दिएका छन् ।
संक्रमित हावालाई शुद्विकरण गर्ने उत्तम उपाय भेन्टिलेसन भएको बैज्ञानिकहरुको भनाई छ । उनीहरुले ढोका खोलेर कोठामा भएको गन्थ बाहिर निस्के जस्तै भेन्टिलेशनबाट संक्रमित हावा बाहीर फालिने पनि दाबी गरेका छन् । वैज्ञानिकहरुको अनुसार पंखाले पनि भित्रको हावा बाहिर निकालेर संक्रमणबाट बचाउन तथा रोकथाम गर्न महत्वपुर्ण भुमिका खेल्छ । खोकी, हाछ्यु, र संक्रमितको विभिन्न तरिकाले कोरोना भाइरस हावामा फैलन्छ ।