Logo

लक्ष्मी लघुवित्तले गर्यो स्वास्थ्य केन्द्रलाई आर्थिक सहयोग



काठमाडौं, ६ जेठ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले स्वास्थ्य केन्द्रलाई ३० हजार नगद आर्थिक सहयोग गरेको छ । संस्थाले बर्दिया जिल्लाको जयनगर, शाखाद्धारा कोभिड–१९ को दोस्रो लहरबाट प्रभावित संक्रमितहरुको स्वास्थ्य उपचारको लागि बारबर्दिया नगरपालिकाको मगरागढी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री खरिद वापत ३० हजार नगद सहयोग गरेको हो ।

संस्थाको अनुसार कोभिड–१९ को माहामारीमा संक्रमित भई अस्पतालमा उपचारित संस्थासँग आवद्ध सदस्यहरु र सदस्यको परिवारलाई स्वास्थ्य उपचारको लागि आर्थिक सहयोग निरन्तररुपमा उपलब्ध गराईरहेने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot