Logo

गृहमन्त्री थापालाई एकै दिन दुई चोट



हेटौंडा, जेठ ७ । राष्ट्रिय सभाअन्तर्गत बाग्मती प्रदेशतर्फ रिक्त एक सदस्य पदमा गठबन्धन उम्मेदवार डा। खिमलाल देवकोटा विजयी भएका छन् ।

एमाले नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पराजित गर्दै देवकोटा राष्ट्रिय सभामा विजयी भएका हुन् ।
हेटौंडा भुटनदेवी माविमा बिहीबार सम्पन्न मतदानमा थापालाई १ हजार ७४ मतभारले पछि पार्दै देवकोटाले राष्ट्रिय सभा यात्रा तय गरेका छन् । एमाले नेपाल–खनाल समूहबाट कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपातर्फबाट उम्मेदवार देवकोटा ५ हजार ८८ मतभार ल्याउँदै विजयी भएका हुन् । एमालेको ओली समूहबाट उम्मेदवार थापा ४ हजार १४ मतमै चित्त बुझाउन बाध्य भए ।

त्यस्तै, नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले १ सय ३२ मतभार ल्याए । ‘कलम’ चिह्न लिएर विजयी देवकोटाले पालिकातर्फ २ सय ३३ मत खसेकोमा १ सय २८ पाए । पालिकाका एक जनप्रतिनिधिबराबर १८ मतभार हुन्छ । जसअन्तर्गत पालिकाबाट देवकोटाले २ हजार ३ सय ४ मत पाए ।

यसैगरी, बाग्मती प्रदेशका १ सय ५ सांसदले मतदान गरेकोमा देवकोटाले ५८ मत पाए । प्रदेशमा एकबराबर ४८ मतभार हुने व्यवस्था छ । प्रदेशतर्फ देवकोटाले २ हजार ७ सय ८४ मत पाए ।

त्यस्तै, थापाले पालिकातर्फ १ सय ३ र प्रदेशतर्फ ४५ मत पाए । पालिकातर्फ उनले पाएको मतभार १ हजार ८ सय ५४ र प्रदेशमा २ दुई १ सय ६० हुन्छ ।

नेमकिपा उम्मेदवार तामाङले पालिकातर्फ २ र प्रदेशतर्फ पनि २ नै मत पाए । जसको मतभार १ सय ३२ हुन्छ ।
बिहीबार बिहान ९ देखि दिउ“सो ३ बजेसम्म भएको मतदानमा ९ मतदाता अनुपस्थित रहे । प्रदेशतर्फ १ सय १० मध्ये १ सय ५ मत खस्यो ।
मतदानमा सहभागी नहुनेमा माओवादीतर्फका प्रदेशसभा सदस्य हिमाली गोले, विवेकशील साझा पार्टीका विराजभक्त श्रेष्ठ, शोभा शाक्य र रमेश पौड्याल छन् । प्रदेश सांसद पशुपति चौलागाईंको केही दिन अघि मात्रै कोरोनाका कारण निधन भएको थियो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्