काठमाडौं, ७ जेठ । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले वर्तमान सरकार कोरोना महामारीको बेलामा पनि भ्रष्टाचार र कमिशनमा लिप्त रहेको आरोप लगाए । उनले वर्तमान सुशासनको नारा लगाएपनि भ्रष्टाचारबारे छानबिन नगरेको गुनासो पोखे । प्रचण्डले भ्रष्टाचार गरेको छ भन्ने लागेको हो भने प्रधानमन्त्री केपी शर्मा ओलीले किन छानबिन नगरेको ? भन्दै उनले सरकारलाई छानबिन गरेर कारबाही गर्न चूनौति दिए । हेरौं कुराकानीको पूरा भिडिओ :