काठमाडौं, ७ जेठ । अबदेखि एनआईसी एशिया बैंकको म्युर्चुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एन आई सी एशिया डाइनामिक डेष्ट फण्डको इकाईहरु जहाँ बसेर पनि अनलाइन मार्फत खरिद गर्न सकिने भएको छ ।
दोस्रो चरणको कोरोना महामारीलाई मध्यनजर गर्दै कम्पनीले अनलाइन सुविधा ल्याएको जनाएको छ । बैंकले इकाई लगानीकर्ताहरुले घरमै बसेर सहजै खरिद गर्न सहज होस् भन्ने उद्देश्यले अनलाइन मार्फत इकाई खरिद गर्ने व्यवस्था गरेको छ ।
बैंकको अनुसार अनलाईन मार्फत डेप्ट फण्ड योजनाको इकाई खरिद गर्नको लागि एन आई सी एशिया क्यापिटलको वेभसाइट भित्र गई विवरण भरी योजनाको इकाई खरिद गर्न सकिने छ ।