Logo

धुर्त र बहुरुपी कोरोना भाइरस–मोदी



काठमाडौं, ७ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस धुर्त र बहुरुपी भएको बताएका छन् । बिहीबार मोदीले १० राज्यका ५४ जिल्ला अधिकारीहरुसँग भिडियो कन्फ्रेन्सको क्रममा उक्त कुरा बताएका हुन् ।

उनले आफ्नो स्वरुप परिर्वतन गर्न माहिर कोरोना भाइरसले बच्चा र युवाहरुलाई प्रभावित गरिरहेको स्पष्ट पारे । मोदीले भाइरस समस्या समाधान गर्न नयाँ रणनिति बनाउनु पर्नेमा जोड दिए । उनले तल्लो स्तरका विद्यमान चुनौतीहरु नसकिएसम्म भाइरसको अन्त्य नहुने पनि चेतावनी दिए ।
प्रधानमन्त्री मोदीले भारतको केन्द्रिय सरकारले खोपको रणनितिसम्बन्धि प्राप्त भएका सु्झावलाई अगाडी बढाएको समेत जानकारी दिए । उनले आगामी १५ दिनमा खोपको सुचना सबै राज्यलाई दिने बताए ।
हाल भारतमा कोरोना संक्रमणदर घटिरहेको छ । ३१ लख २९ हजार ८७८ जना संक्रमितको उपचार भैरहेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो कुल संक्रमितको १२. १४ प्रतिशत हो । यसैगरी, हालसम्म भारतमा २ करोड २३ लाख ५५ हजार ४४० जना संक्रमणमुक्त भएका छन् । यो संक्रमणमुक्त हुनेदर ८६.७४ प्रतिशत हो । त्यस्तै, कोरोना संक्रमणबाट मृत्युदर १.११ प्रतिशत रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot