Logo

महन्थ ठाकुर ‘प्रधानमन्त्रीको रिङबाट आउट’



काठमाडौं, ७ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्रीको रिङबाट आउट भएका छन् । ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै साथ दिएको निष्कर्ष निकाल्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधवकुमार नेपाल समूह नयाँ रणनीतिका साथ बढ्ने निर्णयमा पुगेका हुन् । अब उनीहरु महन्थ ठाकुरको साथ विना नै प्रतिनिधि सभामा बहुमत बनाउन सक्रिय भएका छन् ।

आज काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टी बैठक डाकेर आफ्नो रणनीति सुनाएका थिए । उनले सुझाव पनि थिएका थिए । त्यसपछि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालसँग छलफल गरे । छलफलबाट तीन नेताले ओलीको विकल्पको सरकार निर्माणका लागि आक्रामक ढंगले बढ्ने निर्णय लिएका छन् ।

अब राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लाने तयारी भएको छ । आवश्यक परे माधव नेपाल पक्षधर सांसदहरुले तत्काल राजीनामा दिने भएका छन् । त्यसको पनि टुंगो लागिसकेको छ । नेपालले आफू पक्षधर सांसदहरुको राजीनामाको बचन दिएको बुझिएको छ ।

यो घटना विकास भएसँगै जसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्रीको लागि भएको प्रतिष्पर्धाको रिङबाट आउट भएका छन् । माधव नेपाल पक्षधर प्रत्यक्ष निर्वाचित २० सांसदले राजीनामा दिएमा बहुमत पुर्याउन जसपाको १३ सांसद भए पुग्छ । ३२ सांसदमध्ये जसपाको उपेन्द्र यादव पक्षधरसँग १६ सांसद छन् ।

महन्थ ठाकुरलाई प्रधानमन्त्रीको प्रस्ताव लाने तयारी भएपनि राजेन्द्र महतोको भूमिकामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रीको बाँटफाँटमा लागेपछि नयाँ घटना विकास भएको हो । ठाकुरको माग पूरा गर्न ओली सहमत भएर कदम समेत चालिसकेका छन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्