Logo

माधव नेपाल निर्णायक शक्ति, बाजी मार्लान् ?



काठमाडौं, ७ जेठ । नेकपा एमालेका नेता माधवकुमार नेपाल सत्ता संघर्षमा फेरि निर्णायक शक्ति बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गर या मरको लडाईँमा रहेका उनीविरोधी गठबन्धनमा नेपालको भूमिका नै निर्णायक हुने भएको छ ।

नेपालले आफूनिकटस्थ प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरुलाई ओलीविरोधी गठबन्धनमा प्रस्तुत गरिसकेका छन् । विश्वस्त स्रोतका अनुसार नेपाल समूहमा ४० भन्दा बढी सांसद पुगेका छन् । उनीहरुले नेपाललाई नै प्रधानमन्त्री बन्ने अवस्थामा साथ दिने भएका छन् ।

काँग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका १६ सांसदका अलावा नेपाल समूहका ४० सांसदको हस्ताक्षर बनाएर अगाडि बढ्ने तयारी भएको छ । यो योजना सफल भएमा नेपालले ठूलै राजनीतिक बाजी मार्ने भएका छन् ।

यसअघि माधव नेपालकै योजनामा खिमलाल देवकोटाले कलम चिन्हबाट राष्ट्रिय सभाको उपनिर्वाचन जितेका थिए । उनकै योजनामा एमाले उम्मेदवार रामबहादुर थापा बादल पराजित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्