Logo

ओलीलाई महन्थ ठाकुर र राजेन्द्र महतोको साथ, जसपा फुटको संघारमा



काठमाडौं, ७ जेठ । जनता समाजवादीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच सहमतिको मसी सुक्न नपाउँदै फुट देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने या नदिने विषयमा विवादमा रहेको जसपा फुटको नजिक पुगेको हो ।

जसपाको महन्थ ठाकुर समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ रहेको प्रष्ट पारेको छ । आज सिंहदरबारमा ठाकुर पक्षीय संसदीय दलको बैठकपछि नेता राजेन्द्र महतोले ओलीलाई आफूहरुको साथ रहेको प्रष्ट पारेका हुन् ।

महतोका अनुसार सरकार र जसपाको माग अनुसार संविधान संशोधन कार्यदल बनाउने सहमति भएको छ । कार्यदलमा सरकारका तर्फबाट प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेता अग्नि खरेललगायत रहेको र राजपाबाट लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालगायत रहेको जानकारी दिए ।

प्रधानमन्त्री ओली जसपाले उठाएको माग सम्बोधन गर्न तयार भएको र त्यसतर्फ काम पनि बढाएकाले आफूहरु साथ दिने निर्णयमा पुगेको महतोले बताए । महतो पछिल्लो समय ओलीलाई साथ दिने पक्षमा सक्रियताका साथ लागेका छन् ।
फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्