Logo

माधव नेपाल पक्षधर सांसदहरु सिंहदरबारमा छलफलमा



काठमाडौं, ७ जेठ । नेकपा (एमाले) का माधव कुमार नेपाल पक्षधर सांसदहरु छलफलमा जुटेका छन् । सिंहदरबारस्थित् सार्वजनिक लेखा समितिमा अहिले छलफल जारी छ । उक्त छलफलमा वरिष्ठ नेता माधव नेपालसहित सांसदहरु भीम राव, झपट रावल, जीवनराम श्रेष्ठ, विरोध खतिवडा लगायत जुटेका छन् ।

आजै कांग्रेस र माओवादी केन्द्रले पनि दिउँसो ३ बजे सिंहदरबारमा संसदीय दलको बैठक बोलाएका छन् । नेपाल पक्षले वैकल्पिक सरकार गठनको लागि कस्तो भूमिका खेल्ने भन्नेबारे छलफल थालेको एक सांसदले जानकारी दिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्